लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ पक्राउ

भैरहवा : रुपन्देही प्रहरीले लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । लुम्बिनी बिकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयको विरोध गरेका कारण घरमा सुतिरहेको अवस्थामा मध्यरातमा प्रहरीले संयोजक खाँलाई पक्राउ गरेर लगेको महाअभियानका सहसंयोजक रामविकास चौधरीले बताए ।

कोषको उपाध्यक्षामा डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध महाअभियानले लुम्बिनीमा निरन्तर विरोध गर्दै आएको छ । महाअभियानले सरकारको कदमको भ्रत्सना गर्दै संयोजक खाँको निःशर्त रिहाइको माग गरेको छ ।

frontline

यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित सार्वजनिक स्थानमा उत्श्रृंखल गतिविधि गरी सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको भन्दै दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here