ब्राजिल: बोल्सोनारोले गरे लूलाको जित अस्वीकार, चुनाव खारेजीको माग
काठमाडौं : ब्राजिल आम निर्वाचनको परिणामप्रति आपत्ति जनाउँदै बोल्सोनारो पक्षले लूलाको जित खारेज गर्न माग गरेको छ। निर्वाचनको परिणामप्रति असन्तुष्टि जनाउँदै पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले नवनिर्वाचित राष्ट्रपति लुइस इनासियो लूला डा सिल्भाको जितलाई अस्वीकार गरेका छन्। साथै उनले उक्त चुनावी नतिजा तत्काल खारेज गर्न माग गरेका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएपछि कडा प्रतिक्रिया दिँदै फ्लाभियोले आएको नतिजा ‘असम्भव’ र ‘सोच्नै नसकिने’ खालको रहेको टिप्पणी गरे। लूला विरुद्ध चुनावी मैदानमा उत्रिएका उनी आफ्ना बुबाको राजनीतिक विरासत जोगाउँदै जित हासिल गर्नेमा पूर्ण विश्वस्त थिए।
हाल उनका पिता तथा पूर्वराष्ट्रपति जाइर बोल्सोनारो घरमै नजरबन्दमा रहेका छन्। फ्लाभियोको यो पछिल्लो अभिव्यक्तिले उनका बुबाकै राजनीतिक कदमको झझल्को दिएको छ। जाइर बोल्सोनारोले पनि सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा व्यहोरेको पराजयलाई स्वीकार गर्न अस्वीकार गरेका थिए।






प्रतिक्रिया दिनुहोस्