बुढीगण्डकी बाढी प्रभावितको अस्थायी आवास र दीर्घकालीन पुनर्स्थापना गर्न नेकपाको माग

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बुढीगण्डकी नदी थुनिएर आएको बाढीले पुर्‍याएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टी प्रवक्ता प्रकाश ज्वालाले सोमबार विज्ञप्ति जारी गर्दै बाढीमा बेपत्ता नागरिकहरूको तत्काल खोजी र उद्धार गर्न नेपाल सरकारसँग जोडदार माग गरेका हुन्। 

frontline

पार्टीले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बाढीपीडित जनसमुदायको दुःख र पीडामा गहिरो ऐक्यबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here