दसैँ सुरु भएसँगै असन–इन्द्रचोकमा बढ्यो चहलपहल,
काठमाडौँ। वडा दसैँ सुरु भएसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको छ। दसैँका लागि आवश्यक सामग्री तथा नयाँ लत्ताकपडा, जुत्ता–चप्पल र पूजाका सामग्री किनमेल गर्न आउने सर्वसाधारणको भीड बजारमा देखिएको छ।
दसैँको समयमा असन र इन्द्रचोकमा किनमेल गर्नेको विशेष भिड लाग्ने गर्छ। काठमाडौँ उपत्यकासहित आसपासका विभिन्न स्थानबाट समेत सर्वसाधारण किनमेलका लागि यहाँ आउने गरेका छन्।
बजारका पसलहरूमा दसैँका लागि आवश्यक सामग्री खरिद गर्ने ग्राहकको चाप बढेसँगै व्यापारीहरू पनि व्यस्त भएका छन्। चाडपर्वको रौनकसँगै पुरानो बजार असन र इन्द्रचोकमा किनमेल गर्ने तथा घुमफिर गर्न आउने मानिसको चहलपहल बढेको छ।






प्रतिक्रिया दिनुहोस्