घेराबन्दी सकिएको छैन, बलियाले बलजफ्ती गर्छ भने प्रतिवाद गर्नुपर्छ : ओली
२६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथिको घेराबन्दी अझै नसकिएको बताएका छन् । साथै, उनले ठूला र बलियाहरूले बलजफ्ती गर्छ भने त्यसलाई प्रतिवाद गर्नुपर्ने पनि बताए ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथ समारोहलाई सम्बोधन गर्ने क्रममा उनले अगाडिका चुनौतीहरूको सामना गरेर अघि बढ्नुपर्ने बताए ।
‘लोकतन्त्र मासिएको छ । स्वाधिनता स्वतन्त्रता कमजोर बनाइएको छ । यी चिजको पुनप्राप्ति गर्नु अनिवार्य शर्त हो । हामी यसको पुनप्राप्तिका लागि बलजफ्ती दमन गरिन्छ भने त्यसलाई अस्वीकार गरेर प्रतिवादमा उत्रिन्छौं । जुन विगतमा पनि गरेका हौं र अहिले पनि गर्नुपर्ने हुन्छ,’ ओलीले भने ।
साथै, उनले निहत्था जनतालाई हतियार र संगठित बलमा दबाइयो भने त्यसमा जनताले प्रतिवाद गर्नुपर्ने बताए ।






प्रतिक्रिया दिनुहोस्