बाँके पर्यटनको मेरुदण्ड बन्न सक्छ बाँके राष्ट्रिय निकुञ्ज
वन्यजन्तु, जंगल सफारी र प्रकृतिको अनुपम संसारलाई पर्यटनको ब्राण्ड बनाउने अवसर बाँकेसँग छ । अब निकुञ्चलाई नक्सामा मात्र होइन, पर्यटनको रोजाईमा स्थापित गर्न निजीक्षेत्र, स्थानीय समुदाय राज्यले हातेमालो गर्नुपर्छ ।
नेपालगन्जबाट केही समयको यात्रामै पुग्न सकिने बाँके राष्ट्रिय निकुञ्ज प्रकृतिसँग साक्षात्कार गर्ने, वन्यजन्तुलाई नजिकबाट नियाल्ने र जंगलको मौनताभित्र रोमाञ्चक अनुभव बटुल्ने गन्तब्य हो । तर बिडम्बना, आफ्नै आँगनमा रहेको यो प्राकृतिक सम्पदाबारे हामीमध्ये धेरैलाई प्रयाप्त जानकारी छैन ।
टाढाका पर्यटकीय गन्तब्यको चर्चा गर्दा आफ्नै नजिकको सम्भावनालाई बिर्सने हाम्रो प्रवृत्ति बदल्न आवश्यक छ । भनिन्छ, नजिकको तीर्थ हेला हुन्छ । बाँके राष्ट्रिय निकुञ्जको हकमा पनि यो उखान चरितार्थ नहोस् । घुम्नका लागि सधै टाढा पुग्नु पर्दैन । कहिलेकाँही आफ्नै वरिपरि लुकेका प्रकृतिको संसार चिन्न र त्यसलाई अरु माझ चिनाउनु नै पर्यटन विकासको पहिलो पाइला हुन्छ ।






प्रतिक्रिया दिनुहोस्