प्रधानन्यायाधीशको निजी जग्गाबाटै अवैध रूपमा माटो उत्खनन

बारा । बहालवाला प्रधानन्यायाधीश मनोजकुमार शर्माको निजी जग्गाबाट अवैध रूपमा हजारौँ टिपर माटो उत्खनन भएको भेटिएको छ । 

साविक फत्तेपुर गाविस वडा नं ९ (ख) हाल जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ११ को कित्ता नं १४१, २५३ र २५४ को करिब ४ बिगाहा जग्गाबाट स्थानीय तहलाई बुझाउनुपर्ने राजस्व रकम दाखिला नगरी माटो उत्खनन भएको भेटिएको हो । 

frontline

जीतपुर सिमराले आफ्नो आर्थिक ऐनमार्फत निजी जग्गाबाट व्यावसायिक प्रयोजनका लागि माटो उत्खनन गर्दा प्रतिघनफिट १ रुपैयाँ कर लगाएको छ । 

तर, बहालवाला प्रधानन्याधीश शर्माले उपमहानगरबाट अनुमति नै नलिई हजारौँ टिपर माटो उठाएर विशेष आर्थिक क्षेत्र सेज (सिमरा सेज)मा बिक्री गरेका स्थानीयहरूले बताएका छन् । जीतपुरसिमरा–११ का स्थानीय जेनजी युवा रजनिश यादवले करिब २ महिनादेखि यसरी माटो उठाउने काम भइरहेको बताए । 

‘माटो उत्खनन गर्न सिफारिस लिएको छ/छैन हामीलाई त थाहा छैन, तर यहाँबाट दैनिक २०औँ टिपर माटो सेजमा गइरहेको छ,’ स्थानीय युवा यादवले भने, ‘नगरपालिकाले कार्यविधि बनाएर माटो बेचबिखन गर्दा राजस्व बुझाउनुपर्छ भनेको छ तर २ महिनादेखि माटो उठाउँदा पालिका के हेरेर बसेको छ ?’

माटो उत्खननका लागि साउन १४ गते प्रधानन्यायाधीश शर्माका बुवा मुकुन्द शर्माले वडा कार्यालयबाट सिफारिस बनाएको भने देखिन्छ । वडा कार्यलयले साविक फत्तेपुर गाविस वडा नं ९ (ख) को कित्ता नं १४१, २५३ र २५४ बाट उत्खनन सिफारिस दिएको छ ।  वडाध्यक्ष बिन्दालाल साहले कानुनी झन्झटबाट बच्न वडाबाट सिफारिस दिएका हुन् । तर, पालिकाबाट उत्खनन अनुमति भने लिएको वा राजस्व रकम दाखिला गरेका भने भेटिएको छैन । 

साथै माटो उत्खनन गर्नुपूर्व वातावरणीय प्रभाव मूल्यांकन अध्ययन पनि गरिएको पाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here