विपद्का घाउमा मलम लगाउँदै समृद्धिको बाटोमा अघि बढ्छौं : प्रधानमन्त्री
१ असोज, काठमाडौं । प्रधानमन्त्रीले बडादसैँको शुभकामना दिँदै विपद्मा मृत्यु भएका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले विस्थापित नागरिकको पुनःस्थापना, आर्थिक समृद्धि र सुशासनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।
शुभकामना सन्देश जारी गर्दै उनले रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएका विनाशकारी घटनाको शोक ताजा रहेकै बेला दसैँ आएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘ज्यान गुमाउनुभएकाहरूको चिरात्माको शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु। सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु।ु
विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै उनले विपद्बाट प्रभावित नागरिकलाई राहत र पुनःस्थापनाको आश्वासन दिएका छन्।
प्रधानमन्त्रीले दसैँलाई धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्व बोकेको एकता तथा आत्मीयताको पर्वका रूपमा चित्रण गरेका छन्। परिवार र आफन्तसँग भेटघाट गर्ने, ठूलाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्पराले नेपाली समाजमा पारिवारिक सम्बन्ध र सांस्कृतिक मूल्यलाई बलियो बनाएको उनको भनाइ छ।






प्रतिक्रिया दिनुहोस्