बंगलादेश न्यून चापीय प्रणालीको प्रभाव, पहाडी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना

११ मंसिर, काठमाडौं । नेपालको पूर्वी भागमा ब़ंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

देशका प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश सुदुर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागहरुका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

frontline

हाल देशभर चिसो वढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

त्यस्तै, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भागहरुमा आंशिक बदली रहेको छ। तराईका भागमा तुँवालो लागेको छ।
 
शनिबार दिउँसो  प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भागहरुमा  आँशिकदेखि सामान्य बदली  र अन्य पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागहरुका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
 
राती  देशका पहाडी भू-भागहरुमा  आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने प्रदेश १, बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागहरुका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here