पाकिस्तानी खेलाडीलाई नरोक्न पीसीबीसँग एनपीएल कमिटिले थाल्यो पहल

नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) का कारण नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागीता अनिश्चित बनेपछि एनपीएल कमिटिले पहल थालेको छ।

पाकिस्तान क्रिकेट बोर्ड (पीबीसी)ले पहिल्यै एनओसी दिइसकेका र लिन बाँकी खेलाडीहरूलाई पनि एनपीएलमा सहभागी हुन रोकेपछि नेपाल प्रिमियर लिग कमिटिले पहल गरिरहेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालखबरलाई जानकारी दिए।

frontline

‘पाकिस्तान बोर्डको आफ्नो निर्णय होला। अहिले एनपीएल कमिटिले पहल गरिरहेको छ, सल्टियला’, अध्यक्ष चन्दले भने। इएसपीएन क्रिकइन्फोले पहिले नै एनओसी पाइसकेका खेलाडीहरूलाई पनि लिगमा सहभागी हुन अनुमति नरहेको खबर सार्वजनिक गरेको छ। 

एलपीएल सुरु हुनु अघिल्लो दिन यस्तो खबर सार्वजनिक भएपछि एनपीएल कमिटिले पीसीबीसँग छलफल थालेको हो। सोमबार साँझ ५ बजे एनपीएल सुरु हुँदैछ। त्यसअघि नै यो विषय नसल्टिए पाकिस्तानी खेलाडी अनुबन्ध गरेका टोलीलाई समस्या पर्नेछ। 

एनपीएलमा सहभागी हुन एनओसी जारी गरेबापत पाकिस्तानका प्रतिखेलाडी २५ हजार अमेरिकी डलर माग गरिएको क्रिकइन्फोले अनुमान गरेको छ।

एनपीएलका टोलीमा अनुबन्ध भएका केही पाकिस्तानी खेलाडीहरू पहिले नै काठमाडौँ आइसकेका छन्। आउने तयारीमा रहेका खेलाडीहरू भने यो विषय नसल्टिएपछि रोकिएका छन्।

पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान, हैदर अली, हुनैन शाह, हुसेन तलत, इफ्तिखार अहमद, हसन अली र उसामा मिरले एलपीएल खेल्ने टोलीमा अनुबन्ध भएका छन्। उनीहरु एनपीएलसँग जुध्ने पाकिस्तानको खेल तालिकामा रहेका कुनै पनि टोलीमा सामेल छैनन्। 

सोमबार (कात्तिक ९) बाट सुरु हुने एनपीएलको तेस्रो संस्करण मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। एनपीएलमा ८ टोली सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here