पाइपलाइनमा ७१ अर्बको आईपीओ : सर्वसाधारणबाट पुँजी जुटाउन ११७ कम्पनी प्रतीक्षामा
ठमाडौं : नेपाली पुँजी बजारमा सर्वसाधारणबाट पुँजी जुटाउन १ सय १७ कम्पनी प्रतीक्षामा छन्। उत्पादनमूलक उद्योगदेखि जलविद्युत्, होटल, सिमेन्ट, स्टिल र बिमासम्मका कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन्।
तर, कसैको आवेदन स्वीकृतिको अन्तिम चरणमा पुग्दा अधिकांश कम्पनी भने प्रारम्भिक प्रक्रियामै छन्। यसलाई अझ व्यवस्थित बनाउन ६ चरणमा विभाजन गरेको छ।बोर्डका अनुसार सर्वसाधारणले जानकारी पाउन भन्ने उद्देश्य राखेर विभाजन गरेको जनाएको छ।
बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले आवेदन दिएका कम्पनीको इस्टाटस के छ भनेर सर्वसाधारणलाई जानकारी गराइएको बताए। उनले आएका आवेदनलाई व्यवस्थित बनाउने काम गरिएको स्पष्ट पारे। सेबोनको विवरणअनुसार यी १ सय १७ कम्पनीले कुल ७१ अर्ब ४२ करोड २० लाख रुपैयाँबराबरको ५१ करोड ९ लाख ८१ हजार ९ सय ४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्। बोर्डले कम्पनीहरूको प्रक्रियागत अवस्थालाई आवेदन दर्तादेखि अन्तिम समीक्षासम्म छ चरणमा वर्गीकरण गरेको छ।
दुई कम्पनी अन्तिम चरणमा, ७६ को आवेदन सुरुआती चरणमै
स्वीकृतिको अन्तिम समीक्षा चरणमा आशुतोष इनर्जी लिमिटेड र कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड छन्। आशुतोष इनर्जीले १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता र कान्तिपुर फर्मास्युटिकल्स ल्याबले १७ करोड रुपैयाँबराबरको १७ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।
अन्तिम समीक्षा चरणमा पुग्नु प्रक्रियागत प्रगतिको संकेत भए पनि बोर्डको औपचारिक निर्णय नआएसम्म स्वीकृति सुनिश्चित भएको मान्न मिल्दैन। अर्कोतर्फ, सबैभन्दा ठूलो समूह आवेदन दर्ताको चरणमा छ। यस चरणमा ७६ कम्पनी रहेका छन्, जसले ४० अर्ब ४८ करोड ४७ लाख रुपैयाँबराबरको २८ करोड ८ लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्।
यस समूहमा मारुती सिमेन्ट्स, अम्बे स्टिल्स, रिद्धिसिद्धि सिमेन्ट, शिवम् होल्डिङ्स र स्टार माइक्रो इन्स्योरेन्सलगायत छन्। आवेदन दर्ता हुनु अनुमति पाइसक्नु होइन। यी कम्पनीले आवश्यक समीक्षा र अन्य प्रक्रियागत चरण पार गर्नुपर्ने हुन्छ।
६ चरणमा विभाजित आईपीओ पाइपलाइन
सेबोनको विवरणअनुसार आईपीओ पाइपलाइनमा रहेका कम्पनीको आशुतोष इनर्जी र कान्तिपुर फर्मास्युटिकल्स ल्याब गरी दुई कम्पनी छन्। उनीहरूले कुल २९ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न अनुमति मागेका छन्। बोर्डले पठाएका टिप्पणीको जवाफ दिइसकेका १० कम्पनीको कागजात तथा स्पष्टीकरण समीक्षा भइरहेको छ। यस समूहमा सानिमा हाइड्रोपावर, आईएमई लिमिटेड, सिउरी न्यादी पावर, हिल्टन हाइड्रो र म्यादामे खोला हाइड्रोपावरलगायत छन्। उनीहरूले कुल ५ अर्ब १९ करोड ४ लाख रुपैयाँबराबरको सेयर निष्कासन गर्न अनुमति मागेका छन्।
अन्तिम समीक्षा चरणमा रहेका कम्पनीहरू
स्वीकृतिको अन्तिम चरणमा दुई वटा कम्पनी आशुतोष इनर्जी लिमिटेडको १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता र कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको १७ करोड रुपैयाँबराबरको १७ लाख कित्ता रहेका छन्। यी कम्पनीहरूको सम्पूर्ण कागजात तथा प्रक्रिया पूरा भइसकेकाले छिट्टै स्वीकृति पाउने सम्भावना छ।
बोर्डले पठाएको टिप्पणीको जवाफ पेस गरिसकेका र हाल बोर्डको समीक्षामा रहेका कम्पनीको संख्या १० रहेको छ। यस चरणमा सानिमा हाइड्रोपावर, आईएमई लिमिटेड, सिउरी न्यादी पावर, हिल्टन हाइड्रो, म्यादामे खोला हाइड्रोपावरलगायतका कम्पनीहरू रहेका छन्। यी कम्पनीहरूले कुल ५ अर्ब १९ करोड ४ लाख रुपैयाँबराबरको ५ करोड १९ लाख कित्ता सेयर निष्कासन गर्न लागेका हुन्।
कम्पनीहरूले बोर्डको विवरणअनुसार बुझाएका १९ वटा कम्पनी छन्। यस सूचीमा डिस मिडिया नेटवर्क, जगदम्बा स्टिल्स, शौर्य सिमेन्ट, हस्पिटल फर एड्भान्स्ड मेडिसिन, नीलगिरि खोला हाइड्रोपावरलगायत छन्। यस समूहले कुल १९ अर्ब ९० करोड ९१ लाख रुपैयाँ राबरको आईपीओ जारी गर्न लागेका हुन्।
बोर्डले अध्ययन गरी आवश्यक सुधारका लागि टिप्पणी पठाएका चार कम्पनी छन्। जसमा महाशक्ति सिमेन्ट, शुभ श्री अग्नि सिमेन्ट, लक्ष्मी टेक्नोप्लास्ट र ज्यास्मिन पेन्ट्स रहेका छन्। यी कम्पनीहरूले चार अर्ब रुपैयाँबराबरको चार करोड कित्ता सेयर निष्कासनको प्रक्रिया अघि बढाएका हुन्। कुल ६ कम्पनी प्रारम्भिक समीक्षामा रहेका छन्। एपेक्स मकालु हाइड्रोपावर, गौरीशंकर पावर, श्री डिस्टिलरी, आकामा होटल, जीआई सोलार र वर्णवास म्युजियम होटल प्रारम्भिक समीक्षाको क्रममा रहेका हुन्। यी कम्पनीहरूले १ अर्ब ५४ करोड १५ लाख रुपैयाँबराबरको सेयर निष्कासन गर्न लागेका हुन्।
आवेदन दर्ता भएका कम्पनी
सबैभन्दा धेरै ७६ वटा कम्पनीहरू प्रारम्भिक आवेदन दर्ताको चरणमा छन्। यस सूचीमा मारुती सिमेन्ट्स, अम्बे स्टिल्स, रिद्धिसिद्धि सिमेन्ट, शिवम् होल्डिङ्स, स्टार माइक्रो इन्स्योरेन्स लगायतका कम्पनीहरू छन्। यस समूहले कुल ४० अर्ब ४८ करोड ४७ लाख रुपैयाँबराबरको २८ करोड ८ लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्।
आईपीओको ठूलो पाइपलाइनले बजारमा नयाँ कम्पनी प्रवेश गर्ने सम्भावना देखाए पनि सबै कम्पनीले तत्काल अनुमति पाउँछन् भन्ने हुँदैन। लगानीकर्ताले कम्पनी कुन प्रक्रियागत चरणमा छ भन्ने जानकारीसँगै वित्तीय विवरण, नाफाको प्रवृत्ति, ऋणभार, व्यवसायको जोखिम र प्रस्तावित सेयर मूल्यको पनि अध्ययन गर्नुपर्छ






प्रतिक्रिया दिनुहोस्