पञ्चेश्वर गाउँपालिकामा आज र भोलि सार्वजनिक बिदा
९ मंसिर, बैतडी । पञ्चेश्वर गाउँपालिकामा मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले आज र भोलि शुक्रबार सार्वजनिक बिदा दिएको हो ।
गाउँपालिकाले सूचना जारी गर्दै गाउँपालिका क्षेत्रमा दुई दिन स्थानीय धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ । स्थानीय बिदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि आज र भोलि बिदा दिइएको बताइएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागका अनुसार दुई दिन गाउँपालिका क्षेत्राधिकारभित्र रहेका सम्पूर्ण संघ–संस्था, वित्तीय संस्था, विद्यालय, वडा कार्यालय बन्द रहने जनाइएको छ ।
यसअघि, मंसिर पहिलो साता जात्राकै लागि भने जिल्लाको दशरथचन्द नगरपालिकाले एक दिन र मेलौली नगरपालिकाले दुई दिन बिदा दिएको थियो । रासस






प्रतिक्रिया दिनुहोस्