नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै
काठमाडौँ । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् ।
प्रधानमन्त्री कार्कीले आज बिहान ११ बजे सिंहदरबार पदभार ग्रहण गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ ।
#सुशीला_कार्की #प्रधानमन्त्री #पदभार_ग्रहण #सिंहदरबार #नेपाल_सरकार






प्रतिक्रिया दिनुहोस्