नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा सव- इन्जिनियरविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी तथा सार्वजनिक संस्थामा जागिर खाएको आरोपमा सव -इन्जिनियर भोज बाबु सोमै मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्यूठानको सरुमारानी गाउँपालिका–४ निवासी सोमैविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

frontline

आयोगका अनुसार सोमैले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी ओखलढुङ्गास्थित रूम्जाटार माध्यमिक विद्यालयमा करिब दुई वर्ष प्राविधिक शिक्षकका रूपमा करार सेवामा काम गरेका थिए। त्यसपछि उनले नेपाल सरकारको खानेपानी मन्त्रालयअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना,बुटवलमा समेत करारमा सव-इन्जिनियर पदमा जागिर खाएका थिए।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी करिब २ वर्ष प्राविधिक शिक्षकको रुपमा करार सेवामा रहेको,सव-इन्जिनियर पद करार खाएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा बुटवलमा सव इन्जिनियर पदमा नियुक्तिका लागि डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमीबाट जारी भएको देखिने नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको खुल्न आएको आयोगको दावी छ।

अनुसन्धानका क्रममा उनले दुवै निकायमा नियुक्ति लिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), सानोठिमी, भक्तपुरबाट जारी भएको देखिने डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरेको पाइएको आयोगले जनाएको छ।

नक्कली प्रमाणपत्रका आधारमा सार्वजनिक पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको देखिएकाले सोमैमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here