धनुषामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

 समाचार सारांश

  • देशभर मनसुनी वायुको प्रभाव रहेको छ, जसले गर्दा विभिन्न प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
  • धनुषा जिल्लाको तुलसी वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यम वर्षा मापन गरिएको छ।
  • जल तथा मौसम विज्ञान विभागले उक्त क्षेत्रमा थप वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ।

धनुषा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ।

frontline

देशभर साधरणतया बदली रहेको छ भने कोशी प्रदेश,मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै र लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।

आइतबार बिहान बिहान ८:५६ बजेको मापन अनुसार पछिल्लो १ घण्टामा धनुषा जिल्ला स्थित तुलसी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षामापन भएको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सो क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
 

#बाढीको जोखिम #मनसुन #मौसम

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here