देश ठूलो संकटतिर उन्मुख भइरहेको छ : पूर्वप्रधानमन्त्री डा. भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश ठूलो संकटतिर उन्मुख भइरहेको संकेत गरेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न नसक्ने बताएका हुन्।

उनले देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कदो अन्तरसंघर्ष रहेको बताए। अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, सार्वजनिक सञ्चारक्षेत्र र नागरिक वृत्तमा निराशा बढिरहेको बताउँदै उनले अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न नसक्ने स्पष्ट पारे।

frontline

‘देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कदो अन्तरसंघर्ष, राज्यका प्रमुख अंगहरू न्यायालय/प्रशासन/प्रहरी लगायतमा अस्तव्यस्तता,अर्थतन्त्रको निरन्तर ओरालो यात्रा,थपिँदै प्राकृतिक प्रकोपको भार, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिक संचारक्षेत्र र नागरिक वृत्तमा चुलिंदो निराशा, आदिले देश ठूलो संकटतिर उन्मुख भैरहेको संकेत गर्छ। ‘ उनले भनेका छन्, ‘अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न सक्दै सक्दैन।’ 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here