दीपावली तथा छठ पर्वको अवसरमा नेपाल–भारत सुरक्षा निकायबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
श्रीकान्त यादव रौतहट।
रौतहट। दीपावली तथा छठ पर्वको पावन अवसरमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) र सशस्त्र प्रहरी बल नेपालबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल नेपाल, गौर गुल्मका गुल्मपति डीएसपी दुर्गा भट्टको पहलमा आयोजित कार्यक्रममा भारतीय एसएसबी तथा सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा दुवै देशका सुरक्षा अधिकारी तथा सुरक्षाकर्मीहरूले एकअर्कालाई दीपावली र छठ पर्वको शुभकामना व्यक्त गर्दै आपसी सद्भाव, भाइचारा, मित्रता र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
त्यसैगरी, सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न, सीमा अपराध नियन्त्रण गर्न तथा चाडपर्वका समयमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न दुवै सुरक्षा निकायबीच आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो।
यस्ता शुभकामना आदानप्रदान कार्यक्रमले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै सीमावर्ती क्षेत्रमा आपसी विश्वास, सद्भाव र सुरक्षा समन्वयलाई मजबुत बनाउने विश्वास गरिएको छ।






प्रतिक्रिया दिनुहोस्