तीनकुने घटनामा घाइते खत्रीलाई सहयोग रकम हस्तान्तरण

समाचार सारांश

  • तीनकुने घटनामा घाइते रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण गरियो।
  • संयुक्त जनआन्दोलन समितिले महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगेर रकम हस्तान्तरण गरेको हो।
  • पोर्चुगलमा रहेका नेपालीहरूबाट खत्रीको उपचारका लागि ८ लाख ३९ हजार ४ सय रुपैयाँ सहयोग प्राप्त भयो।

काठमाडौँ । संयुक्त जनआन्दोलन समितिले तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण गरेको छ । समितिका संयोजक नवराज सुवेदी नेतृत्वको टोलीले बुधबार महाराजगन्जस्थित शिक्षण अस्पताल पुगी आठ लाख उनन्चालीस हजार चार सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् ।  हस्तान्तरण कार्यक्रममा निर्देशक समितिका सदस्यहरू डा.प्रकाशचन्द्र लोहनी र हरिबहादुर बस्नेतकाे पनि सहभागिता रहेको थियो । 

रमेशराज बास्तोलाको संयोजनमा लिजवन पोर्चुगलबाट उपलब्ध सहयोग उनीहरुले हस्तान्तरण गरेका हुन् । टोलीमा राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही  पनि उपस्थित थिए । शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ ।

frontline

#रेविका खत्री आर्थिक #सहयोग

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here