ठमेलबाट २ केजी सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

 समाचार सारांश

  • प्रहरीले काठमाडौँको ठमेलबाट २ किलो सुन र नगदसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा सुमेई चोउ र चुनलिन थान रहेका छन्, जसमध्ये थान डेढ महिनाअघि काठमाडौं आएका थिए।
  • उनीहरुको साथबाट २४ लाख नगद बरामद गरिएको छ र थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइनेछ।

काठमाडौँ । प्रहरीले काठमाडौँको ठमेलबाट दुई केजी सुन र नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलस्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीय सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान छन् । 

frontline

आरोपीहरूको साथबाट २ केजी सुन र २४ लाख नगद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले पुष्टि गरे ।

चुनलिन थान डेढ महिनाअघि काठमाडौँमा आएर ठमेलस्थित होटलमा बसेका थिए । चोउ चाहिँ केही दिनअघि मात्र काठमाडाैँ आएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

उनीहरू दुई जना प्रेमी प्रेमिका हुन् । सोमबार राति पक्राउ परेका आरोपीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने प्रहरीको तयारी छ ।

#पक्राउ #सुन #ठमेल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here