जलवायु न्याय हाम्रो अधिकार हो, कोप–३१ मा यही आवाज उठाउँछौं : मन्त्री चौधरी
२१ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट बढी प्रभावित नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा सशक्त रूपमा उठाउने बताएकी छन् ।
टर्कीको अन्ताल्यामा यही कात्तिक २३ गतेदेखि सुरु हुने कोप–३१ सम्मेलनमा नेपालले जलवायु वित्त अनुदानका रूपमा पाउनुपर्ने, हिमाली मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको केन्द्रमा राख्नुपर्ने र जलवायुजन्य विपद्बाट भएको क्षतिको क्षतिपूर्ति प्रभावित समुदायसम्म पुर्याउनुपर्ने विषय प्राथमिकताका साथ उठाउने उनले बताइन् ।






प्रतिक्रिया दिनुहोस्