चार वटा संसदीय समितिको बैठक बस्दै

समाचार सारांश

  • आज चार वटा संसदीय समितिको बैठक बस्दैछ, जसमा राज्य व्यवस्था समितिको बैठकमा छलफल हुनेछ।
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्नेछ।
  • विधायन व्यवस्थापन समितिले भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्नेछ।

काठमाडौँ । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सदस्यहरूसँग छलफल हुनेछ । 

frontline

त्यस्तै बिहान साढे ८ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुनेछ । 

त्यस्तै, बिहान ८ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइ हुन बाँकी सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषद्का सदस्यको सुनुवाइ गर्ने कार्यसूची रहेको छ । 

#संसदीय समिति #बैठक

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here