चीनको प्रस्ताव ‘विश्व सभ्यता पहल’माथि काठमाडौँमा विमर्श

 समाचार सारांश

  • चिनियाँ राष्ट्रपति सि जिनपिङको विश्व सभ्यता पहलमाथि विज्ञहरूले धारणा राखेका छन्।
  • पूर्व राजदूत लम्सालले चीनको अध्ययन आवश्यक रहेको बताए, किनकि चीन विश्व शक्ति बनिसकेको छ।
  • कार्यक्रममा सहभागीहरूले चिनियाँ पहलको विश्वव्यापी सान्दर्भिकता र नेपालको अवस्थाबारे छलफल गरे।

काठमाडौँ । चिनियाँ राष्ट्रपति सि जिनपिङले सन् २०२३ मा प्रस्ताव गरेको ग्लोबल सिभिलाईजेसन इनिसियटिभ अर्थात विश्व सभ्यता पहलमाथि विज्ञहरूले धारणा राखेका छन् ।

frontline

फेन्ड्स अन द क्लाउडले आयोजना गरेको कार्यक्रममा पूर्व गृहमन्त्री एवं राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, पूर्व राजदूत युवनाथ लम्साल, फेन्ड्स अन द क्लाउडका अध्यक्ष शोभित उप्रेती, परराष्ट्र जानकार डीबी सुनार लगायतले चिनियाँ अवधारणाको सभ्यता पहल, त्यसको विश्वव्यापी सान्दर्भिकता र नेपालको अवस्थाबारे धारणा राखेका हुन् । 

कार्यक्रममा पूर्व राजदूत लम्सालले चीन विश्व शक्तिका रूपमा स्थापित भइसकेकाले दक्षिण एसिया, समग्र एसिया र सम्पूर्ण विश्व बुझ्न चीनको अध्ययन जरुरी रहेको बताए । 

पूर्व मन्त्री तामाङले पृथ्वीनारायण शाहको उपदेश र राजा महेन्द्रको नीति लिएर अघि बढे चीनले जस्तै हरेक क्षेत्रमा छलाङ मार्न सकिने विश्वास व्यक्त गरे । 

अध्यक्ष उप्रेतीले चिनियाँ पहलले परम्परा, सभ्यता, मर्यादित लोकतन्त्र र जनता( जनताबिचको सम्बन्ध समेटेकाले त्यसको अनुसरण सबैले गर्नुपर्ने धारणा राखे । 

चीनको यो अन्तर्राष्ट्रिय पहलले विश्वभरका विभिन्न सभ्यताहरुकाबिच सम्मान, सहयोग  र सद्भाव बढाउने लक्ष्य राख्दछ ।

#चीनको प्रस्ताव #सि जिनपिङ #चीन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here