कालीमाटीमा च्याउको भाउ किलोमै ६७ रुपैयाँ घट्यो, प्याज पनि सस्तियो
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज प्याज, च्याउसहित केही तरकारीको भाउ घटेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलोको २० रुपैयाँ छ।
त्यसैगरी रातो आलु लाम्चो ५२, भारतीय सुकेको प्याज ८८, लोकल गाँजर ८५, लोकल बन्दा २५, स्थानीय काउली ४५, हाइब्रिड मुला २५, लाम्चो भन्टा ३३, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि तने बोडी ९५, मकै बोडी ६५, लौका ९५, लोकल परबल ९२, घिरौँला ९५, हरियो डल्ले फर्सी ३५, पाकेको फर्सी ६५, भिन्डी ११५, रायोको साग ७५, पालुंगोको साग १२५, कन्य च्याउ ३३०, डल्ले च्याउ ४५८, ब्रोकाउली १२५ रुपैयाँ प्रतिकिलो छ।
यो सबै कालीमाटीको थोक बजारको मूल्य सूची हो। खुद्रा बजारमा यी सबै जसो तरकारीको मूल्य बढी छ।
कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलोको २० रुपैयाँ थियो।
त्यसैगरी रातो आलु लाम्चो ५२, भारतीय सुकेको प्याज ९१, लोकल गाँजर ८५, लोकल बन्दा २५, स्थानीय काउली ४५, हाइब्रिड मुला २५, लाम्चो भन्टा २५, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि तने बोडी ९५, मकै बोडी ६५, लौका ८२, लोकल परबल ९५, घिरौँला ८५, हरियो डल्ले फर्सी २५, पाकेको फर्सी ६५, भिन्डी ११०, रायोको साग ६५, पालुंगोको साग ११५, कन्य च्याउ ३२५, डल्ले च्याउ ५२५, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो थियो।






प्रतिक्रिया दिनुहोस्