काभा महिला भलिबल लिग २०२५ स्थगित

काठमाडौं। काभा महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ।

नेपालमा हुने भनिएको भलिबल लिग सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)को बोर्ड अफ एड्मिनिस्ट्रेशनको भर्चुअल बैठकले स्थगित गर्ने निर्णय गरेको हो।

frontline

आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा खेल हुने तय थियो।

तर सेप्टेम्बर ८ र ९ मा भएको जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै लिग स्थगित गर्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here