इरानमा तापक्रम ५० डिग्री सेल्सियस पार, पानीको अभाव गहिरिँदै

 समाचार सारांश

  • इरानले गर्मीको लहरका कारण पानीको प्रयोग सीमित गर्न आग्रह गरेको छ।
  • तेहरानमा बुधबार सार्वजनिक बिदा घोषणा गरिएको छ, किनभने पानी र बिजुलीको संरक्षण आवश्यक छ।
  • देशभरि पानीको सतह कम हुँदै गएको र जलवायु परिवर्तनका कारण समस्या बढेको छ।

तेहरान । इरानले जारी गर्मीको प्रचण्ड लहरका बिच आम नागरिकलाई पानीको प्रयोग सीमित गर्न आग्रह गरेको छ। सरकारी अधिकारीहरूका अनुसार देश हालसम्मकै वर्षको सबैभन्दा गर्मी साता भोग्दैछ, जहाँ कतिपय क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियस पार गरेको छ।

तेहरानमा आउँदो बुधबार सार्वजनिक बिदा घोषणा गरिएको छ। सरकारकी प्रवक्ता फातेमेह मोहाजेरानी ले सामाजिक सञ्जाल एक्समा लेख्दै भनिन्, ‘अत्यधिक गर्मी र पानी तथा बिजुली संरक्षणको आवश्यकतालाई ध्यानमा राख्दै बुधबार तेहरानमा सार्वजनिक बिदा घोषणा गरिएको छ।’

frontline

इरानका विशेष गरी दक्षिणी र शुष्क प्रान्तहरूमा पानी सङ्कटको गम्भीर समस्या भोगिरहेको छ। जल स्रोतहरूको दुरुपयोग, व्यवस्थापनको कमजोरी र जलवायु परिवर्तनका कारण समस्याको दायरा बढेको बताइन्छ।

तेहरान महानगरपालिकाका अध्यक्ष मेहदी चामरान ले नागरिकहरूलाई पानी जथाभावी प्रयोग नगर्न अनुरोध गरेका छन्। तेहरान पानी व्यवस्था कम्पनीले सार्वजनिक वक्तव्य जारी गर्दै कम्तीमा २० प्रतिशत पानी बचत गर्न अपिल गरेको छ।

पानी व्यवस्थापन निकायका अनुसार, ‘तेहरानलाई आपूर्ति गरिने बाँधहरूमा रहेको पानीको सतह पछिल्लो सय वर्षको तुलनामा सबैभन्दा कम भएको छ।’

जलवायु परिवर्तन र वर्षा घट्दा वर्षौँदेखि जलस्तर घट्दो क्रममा रहेको पनि कम्पनीले जनाएको छ।

इरानी मौसम सेवा अनुसार, आइतबार तेहरानमा तापक्रम ४० डिग्री सेल्सियस पुगेको थियो भने सोमबार थप बढेर ४१ डिग्री पुग्ने अनुमान गरिएको छ।

#इरान #गर्मी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here