असन्तुलित कृषि व्यापार र सिँचाइ सन्धि : भारत भ्रमणमा किसानका मुद्दा खै ?

आज म पूर्वी तराईको सप्तरी लगायतका ग्रामीण भेगको स्थलगत भ्रमणमा रहँदा खेतबारीमा पसिना बगाइरहेका किसानहरूको पीडा नजिकबाट नियालिरहेको छु । ठिक यही बेला देशका प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा हुनुहुन्छ । हरेक पटक उच्चस्तरीय भ्रमण हुँदा कृषिका ठुला कुरा र सहकार्यका मिठा सपना बाँडिन्छन्, तर धरातलमा किसानको अवस्था र नेपाल–भारतबिचको कृषि व्यापारको चरित्र भने वर्षौंदेखि उस्तै विडम्बनापूर्ण र असन्तुलित रहँदै आएको छ ।

अझ प्रस्ट भन्नुपर्दा द्विपक्षीय कृषि व्यापारमा दुवै देशको व्यवहारमा एक प्रकारको दोहोरो चरित्र देखिँदै आएको छ । हामीले पनि आफूलाई पुग्ने दुध, अण्डा, मासु र फूलजस्ता उत्पादनमा कहिलेकाहीँ आयातमा प्रतिबन्ध लगाउने, तर आफूलाई अभाव भएका बेला उताबाट आयात गर्न हारगुहार गर्नुपर्ने अवस्था छ । अर्कोतर्फ, भारतले पनि आफूलाई आवश्यक पर्दा नेपालबाट जस्तासुकै कच्चा पदार्थ सहजै लैजाने र आफूलाई नचाहिने वा आफ्ना उत्पादकलाई असर पर्ने देख्नासाथ नेपाली किसानका तरकारी, खाद्यान्न र जडीबुटीको निर्यातमा तगारो हाल्ने गरेको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here