अमेरिकाले भन्यो- ‘सिरियामा हिंसा अन्त्य गर्ने सहमति भएको छ’

समाचार सारांश

  • इजरायली सेनाले दमास्कसस्थित रक्षा मन्त्रालय र सिरियामा आक्रमण गरेको छ।
  • सिरियामा बेदुइन र डुज मिलिशियाबीचको द्वन्द्वमा ३०० जनाको मृत्यु भएको छ।
  • अमेरिकी विदेशमन्त्रीले दक्षिणी सिरियाको हिंसा अन्त्य हुने विश्वास व्यक्त गरे।

वासिङ्टन डीसी । इजरायली सेनाले बुधबार सिरियाको राजधानी दमास्कसस्थित रक्षा मन्त्रालय र दक्षिणी सिरियामा सरकारी सेनामाथि आक्रमण गरेको छ । यसैबिच, डुज बहुल प्रान्तमा चौथो दिन पनि साम्प्रदायिक हिंसा जारी रहेको थियो । ‘हामी हाम्रा डुज भाइहरूलाई बचाउन र सिरियामा सशस्त्र गिरोहहरूलाई हटाउन काम गरिरहेका छौँ ।’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भनेका थिए । 

frontline

सिरियाली विदेश मन्त्रालयले इजरायललाई छलपूर्ण आक्रमण गरेको आरोप लगाएको छ । आदिवासी बेदुइन र डुज मिलिशिया बीचको द्वन्द्वमा अहिलेसम्म ३०० जनाले ज्यान गुमाइसकेका छन् । 

दक्षिणी सिरियामा भएको हिंसाबारे आफू निकै चिन्तित रहेको अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले बताएका थिए । यस क्रममा उनले हिंसा चाँडै अन्त्य हुने विश्वास पनि व्यक्त गरेका थिए । 

‘हामी केही कदमहरूमा सहमत भएका छौँ । यी कदमहरूले आज राती यो विचलित पार्ने र भयानक अवस्थाको अन्त्य गर्नेछन् ।’ अबेर सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले राति उनले एउटा पोस्टमा लेखेका थिए ।

वर्तमान संकटको शान्तिपूर्ण समाधान खोज्ने अमेरिकी प्रयासलाई स्वागत गर्ने सिरियाको विदेश मन्त्रालयले बताएको थियो । इजरायलले यसबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । 

#सिरिया #इजरायल #हिंसा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here