९०० बाख्रालाई खोप, २०० बोकाको बन्ध्याकरण

मरिण गाउँपालिका-४ ठूलीदमार आँपचौरमा एकदिने पशुसेवा शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारीमा शिविर सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका पशु प्राविधिक हेम बराइलीका अनुसार बिहीबार सम्पन्न भएको सो शिविरमा एक हजारभन्दा बढी किसान लाभाम्बित भएका छन् । उनका अनुसार शिविरमा खोप सेवा, औषधि वितरण र बन्ध्याकरण सेवा प्रदान गरिएको छ । 

frontline

एक दिने शिविरमा ९०० वटा बाख्रालाई टिपिआर खोप लगाइएको छ । २०० वटा बोकाको बन्ध्याकरण गरिएको छ । टिपिआर खोप लगाइएका सबै बाख्रा र बन्ध्याकरण गरिएका सबै बोकाका लागि बाह्य तथा आन्तरिक परजीवि नियन्त्रण औषधि वितरण गरिएको छ । 

त्यस्तै गाई तथा भैँसी पालक किसान पनि लाभाम्बित भएका छन् । गाई र भैँसी गरेर १०० वटालाई खरेतविरुद्ध भ्याक्सिन लगाइएको पशु प्राविधिक बराइलीले बताए । 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here