रेनु दाहाल- प्रमाणित जनप्रतिनिधि छान्ने अधिकार हातमा छ
काठमाडौँ — चितवन ३ बाट प्रतिनिधिसभाको बिहीबार जारी निर्वाचनमा चितवनबाट मतदान गरेपछि दाहालले उक्त आग्रह गरेकी हुन् ।
चितवनमा भयरहित वातावरणमा मतदान कार्य भइरहेको पनि दाहालको भनाइ थियो । ‘आज भयरहित ढंगबाट निष्पक्ष, जनताले आफ्नो अमूल्य मतदान गर्ने दिन हो । मैले पनि मतदान गरेँ । म धेरै उत्साहित र खुसी छु,’ दाहालले भनिन्, ‘आउने परिणामलाई सहर्ष स्वीकार गर्ने हो । योग्य उम्मेदवारलाई मतदान गर्नुस् । योग्य व्यक्ति छान्नुस् । काम गर्नसक्ने र कामबाट प्रमाणित भएको, इमानदार जनप्रतिनिधि छान्ने अधिकार तपाईहरूको हातमा छ । आफ्नो भाग्य र भविष्यको फैसला गर्ने अधिकार प्रयोग गर्दा विवेकको प्रयोग गर्नुस् । आवेगमा आएर, हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने अवस्था नआओस् ।’
आउने परिणाम सहर्ष स्वीकार गर्ने दाहालको भनाइ थियो । उनले भनिन्, ‘जनप्रतिनिध छान्ने अधिकार तपाइहरूको हातमा छ, योग्य व्यक्ति छान्नुस् । मेरो जित्ने सम्भावना पूर्ण छ, रेनु दाहालले हार्नुपर्ने कारण छैन ।’






प्रतिक्रिया दिनुहोस्