८ दिनदेखि कोदारी सडकखण्ड अवरुद्ध : कुहिन थालेपछि बोकाएरै सामान तार्दै व्यवसायी
नाकाको सडक खोल्न अझै केही समय लाग्ने भएकाले कुहिने सामान व्यवसायीले बोकाएर भन्सार ल्याउन थालेका तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
नेपाली व्यावसायीहरूले सामान हालेको झन्डै ६ सय कन्टेनर लोड भएर चिनियाँ भुभागमा अड्किएको छ भने कतिपय सामान न्यालमको वयरहाउसमा छन् ।
बाढी र पहिरोले रसुवा नाका बन्द भएको कारण व्यावसायीहरू तातोपानी नाकाबाट आयात गर्न बाध्य छन् ।
यस्तै समस्या भइरहे दशैं तिहारका लागि ल्याइएका सामान समयमा नै बजारमा पुग्न नसक्ने सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताए ।
‘दशैं र तिहारको लागि हालिएको सामान तातोपानी नाका र चिनियाँ भागमा अड्किएका छन्’, बस्नेतले भने ।






प्रतिक्रिया दिनुहोस्