७० वर्ष उमेर नाघेका ३५ जनाभन्दा बढी उम्मेदवारहरू…

२७ असोज, काठमाडौं । आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ३५ जनाभन्दा बढी उम्मेदवारहरूको उमेर ७० वर्ष कटेको छ। निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम नामावलीमा ७० वर्षदेखि ९९ वर्ष उमेर समूहका ३५ जना रहेका छन्। तीमध्ये अधिकांश शीर्षस्थ नेताहरू नै छन्।

कूल २ हजार ४१२ उम्मेदवारमध्ये ३५ जना देशकै ठूलो पार्टी एमालेदेखि स्वतन्त्रसम्म रहेका छन्। सबैभन्दा धेरै उमेरका उम्मेदवार रहेका छन् गोरखा २ का टीकादत्त पोखरेल। उनको उमेर ९९ वर्ष रहेको छ। उनले कांग्रेस बी.पी.बाट उम्मेदवारी दिएका हुन्। सो क्षेत्रमा प्रचण्डसहित १२ जनाको उम्मेदवारी परेको छ।

frontline

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ७७ वर्षको उमेरमा डडेलधुराबाट उम्मेदवारी दिएका छन्। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेरमा झापा ५ बाट उम्मेदवारी दिएका छन्।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल ७२ वर्षको उमेरमा इलाम १ बाट उम्मेदवारी दिएका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि तनहुँ १ बाट ७८ वर्षको उमेरमा उम्मेदवार बनेका छन्।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ७२ वर्षको उमेरमा झापा ३ बाट उम्मेदवारी दिएका छन्। कांग्रेस नेता डा. शेखर कोइरालाले ७२ वर्षको उमेरमा उम्मेदवारी दिएका छन्।

तनहुँ १ मा गोविन्दराज जोशीले स्वतन्त्र तर्फबाट ७३ वर्षको उमेरमा उम्मेदवारी दिएका छन्। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले ८० वर्षको उमेरमा उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगका अनुसार लोसपाकै नेता सर्वेन्द्रनाथ शुक्लले ७२ वर्षको उमेरमा रुपन्देही ४ बाट उम्मेदवारी दिएका छन्। राप्रपा नेता दीपक बोहोराले रुपन्देही ४ बाट ७१ वर्षको उमेरमा उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here