७ महिना अघि विवाहित दिपा पराजुली रुखमा झुण्डिएको अवस्थामा फेला

२२ मंसिर, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ मा दिपा पराजुली घरनजिकै रुखमा झुन्डिएको अवस्थामा फेला परेकी छिन् ।

७ महिना अघि उनको विवाह सोही स्थानका आयुष भनिने सुन्दर थापासँग भएको थियो । माइती पक्षका अनुसार विवाह पछि उनलाई श्रीमानले निरन्तर मानसिक यातना दिँदै आएका थिए ।

frontline

दाइजो थोरै भएको भन्दै श्रीमानलगायत घरका मान्छेले उनलाई आफ्नै बुबाआमा सँग पनि बोल्न बन्देज लगाईएको माइती पक्षको भनाई छ ।

माइती पक्षका अनुसार विवाह भएको ७ महिनामा उनी मुस्किलले १ दिन मात्रै बस्ने गरी माइती आएकी थिइन् । दिपाका श्रीमान् आयुष कुलतमा लागेको मृतकका बुबा रतन पराजुलीले बताए ।

आफ्नी छोरीलाई हत्या गरेर रुखमा झुण्ड्याइएको रतनको भनाई छ । पराजुलीका अनुसार रुखमा झुण्डिएको पाइए पनि छोरीको हातमा रुख चढेको कुनै दाग छैन र चप्पल लगाएको स्थितिमा मृत भेटिएकी थिइन् ।

मृत दिपा पराजुलीको शव हाल महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोर्टमार्टमका क्रममा राखिएको छ । मृतकका आफन्तले घटनाको सत्यतथ्य छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

यसैबीच, आफन्तले बुधबार अपराह्न ५ बजे त्रिभुवन राजमार्ग अबरुद्ध पारेका छन् । चन्द्रागिरी नगरपालिकाको गुर्जुधारमा प्रदर्शन गर्दै उनीहरुले दोषीमाथि हदैसम्मको कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here