६४ जिल्लाका पालिकामा कांग्रेस अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज (शनिबार) ६४ जिल्लाका पालिकामा अधिवेशन हुँदैछ ।

वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

frontline

क्रियासिल विवाद कायम रहेका जिल्लामा कहिले अधिवेशन गर्ने भन्नेबारे निर्णय हुन बाँकी छ । काठमाडौँको नगर अधिवेशन भने यही असोज १६ गते हुनेछ ।

दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह र १३८ वडा रहेका छन् ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको थियो । पार्टीको केन्द्रीय महाधिवेशन मंसिर ९-१३ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here