५१ वर्ष पहिले हराएको पर्स पुलिसले वास्तविक मालिकलाई फिर्ता दिदा …

६ कार्तिक, काठमाडौंः अमेरिकाको कन्सासमा इमान्दारीको उच्चतम नमूना देखिएको छ। ५१ वर्ष पहिले सन् १९७० मा हराएको एउटा पर्स पुलिसले त्यसका वास्तविक मालिकलाई फिर्ता दिएको छ।

ग्रेट बेन्ड पुलिस डिपार्टमेन्टले एक फेसबुक पोस्टमा बताएअनुसार हालै एक नागरिकले पुलिस विभागलाई उक्त पर्स दिएका थिए।

frontline

यो पर्समा अधिकारीहरुले एउटा सामाजिक सुरक्षा कार्ड, ड्राइभिङ लाइसेन्ससहित कैयौं कुराहरु फेला पारेका थिए। यद्यपि त्यहाँ भेटिएको ड्राइभिङ लाइसेन्सको समय सीमा भने १९७४ मै समाप्त भइसकेको थियो।

विभागका अनुसार अधिकारीहरु त्यो पर्सका मालिकसँग सम्पर्क गर्न सफल भए। ती व्यक्ति अहिले लरेन्स कानमा बस्छन्।

पर्स पाएपछि त्यसका मालिकले खुसी हुँदै पुलिसलाई आफूले १९७० को दशकको सुरुवातमा पर्स हराएको बताएका छन्।

रिपोर्टका अनुसार ती व्यक्तिले ५० वर्ष पहिले हराएको आफ्नो पर्स भेटिएको सूचना पाउँदा उनको खुसीको सीमा रहेन। ती व्यक्तिका अनुसार यो पर्स उनले आफनै हातले बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here