५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकरण वितरण गर्दै -नेचासल्यान,सोलुखुम्बु

नेचासल्यान गाउँपालिकाले कृषि यान्त्रिकरण वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै कृषि सामग्री वितरण गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाले ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकरण वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन गाउँपालिकाले स्थानीय बासिन्दालाई अनुरोध गरेको हो । 

frontline

पालिकाभित्र बसोबास गर्ने कृषक, सहकारी संस्था, फार्म तथा समूहले आवश्यक कागजातसहित चैत २२ गतेभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here