५ अर्ब रुपैयाँमा सिमित सेयर कारोबार
काठमाडौं । पछिल्लो केही दिन यता सेयर कारोबार मापक नेप्से परिसूचकसँग कारोबार रकम समेत सुस्ताउन थालेको छ ।
कुनै दिन २० अर्ब नजिकको कारोबार भएको सेयर बजारमा आइतबार भने जम्मा ५ अर्ब रुपैयाँको मात्रै कारोबार भयो ।
यो पछिल्लो २ महिना यताकै सर्वाधिक कम हो ।
साताको पहिलो दिन नेप्से परिसूचक ८ दशमलव ४८ अंकले घटेर २ हजार ८ सय ३४ दशमलव ५१ अंकमा झरेको छ ।
‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३३ अंकले घटेको छ ।
नेप्से परिसूचक होइन सेयर कारोबार रकम, कारोबार संख्या, कारोबार कित्ता सबै ओरालो लागेको छ ।
दिनभर भएका ६० हजार १७५ कारोबारबाट २२४ कम्पनकिा १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबार रकम भने ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५७ रुपैयाँमात्रै भएको छ ।
यी हुन् धेरै कमाउने र गुमाउने कम्पनीहरु :
प्रतिक्रिया दिनुहोस्