४ महिनाको शिशुको फोक्सोमा आन्द्रा !
१ मंसिर, एजेन्सी । भारतको लखनउस्थित किङ जर्जेज मेडिकल युनिभर्सिटीमा चिकित्सकहरूले चार महिनाको शिशुलाई जीवनदान दिएका छन् ।
शिशुको फोक्सोमा आन्द्रा पसेको थियो । त्यसलाई निकालेर चिकित्सकहरूले उसलाई जीवनदान दिए ।
रियाज अली र उनकी पत्नी निशा चार महिनाको आफ्नो सन्तानको स्वास्थ्यका विषयमा चिन्तित थिए । शिशुलाई दुई महिनादेखि लगातार खोकी लागिरहेको थियो । उसलाई सास फेर्न पनि गाह्रो भइरहेको थियो ।
अस्पतालमा बालरोग विभागका प्राध्यापक डा जेडी रावतले उपचार शुरू गर्नुअघि एक्सरे गराएको बताए । एक्सरेमा देखिएअनुसार, देब्रेतर्फको फोक्सो डायाफ्राममा नभएकाले खुम्चिएको थियो । शिशुको आन्द्रा फोक्सोमा पसेको थियो ।
आन्द्रा निकाल्नका लागि शल्यक्रिया गर्नुपरेको थियो । शल्यक्रियापछि शिशुलाई भेन्टिलेटरमा राखिएको थियो । दूरबीनबाट शिशुको शल्यक्रिया गरिएको थियो ।
शिशु अहिले पूर्णतया स्वस्थ छ । उसलाई अस्पतालबाट डिस्चार्ज पनि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्