४ अंकले घट्यो नेप्से
२९ मंसिर, काठमाडौं । बुधबार शेयर बजार नेप्से परिसूचक ४.२३ अंकले घटेको छ । घटेको बजारमा पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि देखिएको छ ।
मंगलबार सकारात्मक सर्किट लागेर पौने दुई घण्टामै बन्द भएको बजार बुधबार भने ४ अर्ब ५८ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।
बुधबार २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर दोस्रो खरिद बिक्री भएको छ ।
कारोबारमा आएका १३ उपसमूह मध्ये ८ उपसमूहको सूचक सकारात्मक बन्दा ५ उपसमूहको सूचक नकारात्मक रह्यो ।
कारोबारमा आएकामध्ये ९६ कम्पानीको शेयर मूल्य बढ्दा ८४ कम्पनीको मूल्य घट्यो भने ९ कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।
बुधबार महालक्ष्मी विकास बैंकको सेयर सबैभन्दा धेरै १६ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार हुँदा सामलिङ्ग पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढ्यो ।
सबैभन्दा धेरै गुमाउने कम्पनी सारथी लघुवित्त रह्यो । कम्पनीको शेयर मूल्य बुधबार ५.३४ प्रतिशतले घटेको थियो ।
प्रतिक्रिया दिनुहोस्