२५ सय सिलिण्डर अक्सिजन तातोपानी नाका हुँदै आजै काठमाडौं आउँदै

फ्रन्टलाइन कोभिड । नेपालमा अक्सिजनको अभाव भएपछि छिमेकी मुलुक चीनबाट ल्याइएको २५ सय सिलिन्डर अक्सिजन तातोपानी नाका हुँदै नेपाल आइपुगेको छ। १० लिटर क्षमताको ती सिलिन्डर नेपा हिमा ट्रेड लिङ्कले आयात गरेको हो।

चीनबाट आजै नेपाल प्रवेश गरेको आठवटा कन्टेनरमध्ये दुईवटामा अक्सिजन सिलिन्डर र एकवटामा माक्स लगायतको स्वास्थ सामग्री नेपाल आइपुगेको हो।

frontline

तातोपानी भन्सार कार्यालयका अनुसार ती सामाग्री आयातकर्ताले आजै काठमाडौं ल्याइपुर्याउने छन् । स्वास्थ्य सामग्री क्युमा पनि नराखिने र राजस्व पनि नलाग्ने भएकोले छिट्टै नै भन्सार प्रक्रिया पूरा गरेर पठाईने भन्सार कार्यालयले जनाएको छ। यसबाट नेपालमा फैलिएको कोरोना महामारीमा परेका जनताको स्वास्थ्य उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

कुल ७५ सय सिलिन्डर खरिद गरिएकोमा २५ सय सिलिन्डर आइसकेको र ५ हजार सिलिन्डर खासामा आइपुगेको सिल्क ट्रान्सपोर्टले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here