२४ बर्ष देखि साउदी अरबमा हराइरहेका थापालाई खोजिदिन परिवारको आग्रह

रियाद,साउदी ।

काठमाडौ । रोजगारीको सिलसिलामा विगत २४ बर्ष अगाडी देखि साउदी अरबमा आएका नर बहादुर थापालाई खोजि दिन परिवारले आग्रह गरेका छन् ।

frontline

सन् १९९७ मा वैदेशिक रोजगारको सिलसिलामा साउदी अरब आएका ७० बर्षिय नर बहादुर थापालाई खोजी गरिदिनका लागि साउदी स्थित नेपाली राजदूतावास तथा साउदीमा  रहेका सक्रिय संघ संस्थाहरुलाई उनको साढु दाई कर्ण थापाले आग्रह गरेका छन्।

तनहुँ खैरेनीटार ६ घर भएका नर बहादुर थापा १९९७ सालमा साउदी अरब आएका थिए । तर अहिलेसम्म पनि घर नफर्किएको र सम्पर्कमा पनि  न आएकाले खोजिदिन साढु दाई कर्ण थापाले सामाजिक संजाल मार्फत आग्रह गरेका छन ।

उक्त पोस्ट देखे पछी साउदीमा कार्यरत सामाजिक ब्यक्तित्व दिपेश चापागाईंले थापाको परिवार संग कुरा गर्दै साउदी स्थित नेपाल राजदुतावास ,एनआरएनए ,क्रियाशिल संघसंस्थाहरु लाई खोजी गरिदिनका लागि अनुरोध गरेका छन् ।

७७०९३४ पासपोर्ट नम्बर रहेका नर बहादुरको सन् १९५१ सालको  जन्म मिति रहेको छ । सन् १९९७ मा साउदी अरब पहिलो पटक आएका थिए भने इक्जिटमा नेपाल फर्केर पनि  फेरि अर्को कम्पनीमा आए देखि सम्पर्क बिहिन भएको कुरा चापागाँइले जानकारी गराएका छन् ।

आज आउछ कि भोलि आउछ भन्दा भन्दै लामो समय बितिसकेको र घरमा पनि  खोजि गर्न श्रीमती बाहेक अरु कोहि कसैले खासै चासो नदेखाएको हुदा अझै पनि आउने आशा गरिरहेको उनका आफन्त साढु दाई कर्ण थापाले जनाएको छ ।

थापाको खोजिमा एनआरएनए आरसिसि अल कासिमका अध्यक्ष रमजान दिन मियाँ र नेपाली साझा मंचलाई चापागाईंले अनुरोध गरेका छन्।

तपाईले पनि नर बहादुर थापालाई कहि कतै देखेमा चापागाईं सम्पर्क गर्न सक्नु हुनेछ भने पिटि अनलाईन न्युज को इमेल,फेसबुक फेजमा पनि सम्पर्क गर्न सक्नु हुनेछ अथवा नेपाली दुतावासमा पनि सम्पर्क गर्न सक्नु हुनेछ ।

अध्यक्ष मियाँ र नेपाली साझा मंचले नेपाली दूतावास रियादमा समन्वय गर्दै उहाँको खोजी गर्न सकेको सहयोग गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here