२४ घन्टामा ५६८ संक्रमित, एक जनाको मृत्यु

९ साउन, काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ५६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ।

मन्त्रालयका अनुसार चार हजार ८०० परीक्षणगर्दा सोमबार५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

frontline

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। यस्तै, मन्त्रालयका अनुसार ९५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

३ हजार ८४ जनाको पिसिआर र एक हजार ७१६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। मन्त्रालयका अनुसार अहिले देशभर तीन हजार ५३४ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here