२४ घण्टामा ७६० संक्रमित, एक जनाको मृत्यु

१९ साउन, काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ९२६ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

frontline

मन्त्रालयका अनुसार २ हजार ५८९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ९४ जना र ३ हजार ३३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २६६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३२ हजार ६१३ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५६ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ६०२ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण एकको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९६९ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय २४ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७१ हजार २५० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here