२४ घण्टामा ४७६२संक्रमित, ११४ जनाको मृत्यु र निको ६४९१ जना
काठमाडौं । नेपालमा गत २४ घण्टामा ४७६२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
१७४८० जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा संक्रमणबाट १ सय १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४९१ जना निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस्