२४ घण्टामा २९६ संक्रमित, ५ को मृत्यु

३ मंसिर, काठमाडौं। पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

७ हजार ७ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा २७१ जना र १ हजार १ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा २५जना गरी २९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

frontline

पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको  मृत्यु भएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार ८५३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ भने ७ लाख ९९ हजार ५४५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३९ जना रहेका छन् । जसमध्ये ७ हजार ०६० जना होम आइसोलेसनमा रहेका छन् भने ४७९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २३१ जना आईसीयू र ५६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९१, झापामा २६, मोरङमा २३, ललितपुरमा १९, चितवन र कास्कीमा १५/१५ जना, भक्तपुरमा १० र रुपन्देहीमा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here