२४ घण्टामा २९५ संक्रमित, २ को मृत्यु

२७ कार्तिक काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा २६० जनामा कोरोना देखिएको हो। त्यस्तै, तीन हजार १८ जनाको एन्टिजन परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४७१ पुगेको छ।

frontline

आज ४७८ जना संक्रमित निको भएका छन्। योसँगै संक्रमण निको हुनेको संख्या सात लाख ९७ हजार ९२६ पुगेको छ। अहिलेसम्म आठ लाख १६ हजार ६७५ जनामा कोरोना देखिएको छ।

यस्तै, ३४ हजार ७१६ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ। अहिलेसम्म ८८ लाख २४ हजार ८१५ जनालाई पहिलो डोज र ७५ लाख ४१ हजार २६७ जनालाई पूर्ण खोप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here