२३१ मत गन्दा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल निकै अगाडि, सम्भावित २ जनाको मत कति

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। 

ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा शनिबार साँझदेखि उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको हो।

frontline

कुल ७ हजार ४३ मत खसेकामा अहिलेसम्म २ हजार २३१ मत गनिसकिएको छ। 

जसअनुसार अहिलेसम्म यस्तो छ उम्मेदवारको अवस्था-

उपसभापति (खुला २ जना)

१. गोविन्द भट्टराई – ६०९

२. डा. चन्द्रकान्त भण्डारी – १०५७ (सबैभन्दा अगाडि)

३. प्रा. डा. चन्द्रमोहन यादव – १९३

४. दीपक गिरी – ३०१

५. धनराज गुरुङ – ४०६

६. इ. मधु आचार्य – ७१२ (दोस्रोमा)

७. सुरेन्द्रराज पाण्डे – ६८०

उपसभापति (समावेशी-१ जना)

१. जीवन परियार – ५७८ (दोस्रोमा)

२. फरमुल्लाह मन्सुर -२८५

३. विनोदकुमार चौधरी – ६१५ (सबैभन्दा अघि)

४. रञ्जित कर्ण -१८३

५. सीता गुरुङ – ३३४

महामन्त्री (खुला- २ जना )

१. अमरसिंह पुन – ६९५

२. उदय शमशेर राणा – ७८६  (दोस्रोमा)

३. गुरुराज घिमिरे – ३२८

४. नैनसिंह महर – २७०

५. प्रदीप पौडेल – १३८१ (सबैभन्दा अगाडि)

६. शंकर तिवारी – ४६

७. डा. सन्तोष उपाध्याय – २८

८. डा. सुनिल कुमार शर्मा – ५२६

महामन्त्री (महिला-१ जना)

१. डा. डिला संग्रौला (पन्त)- ९६५ (सबैभन्दा अगाडि)

२. महालक्ष्मी उपाध्याय (डिना) – ९५२

३. रिता खनाल – २५१

यसअघि वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन्। जारी मतगणनाबाट खुला २ र समावेशी १ उपसभापति चुनिनेछन्। 

यस्तै महामन्त्रीमा २ खुला र १ महिला गरी ३ जना निर्वाचित हुनेछन्। 

सभापति पदमा भने गगन थापा बहुमतका साथ शुक्रबार बिहानै विजयी भइसकेका छन्। 

यसैगरी काठमाडौँ उपत्यकाका तर्फबाट महिला केन्द्रीय सदस्यमा पनि डा अस्मिता शाक्य प्रधान निर्विरोध निर्वाचित भइसकेकी छन्। 

बाँकी पदमध्ये अहिले उपसभापति र महामन्त्रीको मतगणना भइरहेको हो। यो सकिएपछि सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने योजना छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here