२३.८३ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो
११ साउन, काठमाडौं । सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक २३.८३ अंकले बढेको छ।
नेप्से २३.८३ अंकले बढेर २१११.९९ विन्दुमा पुगेको छ। दोहोरो अंकले बढेको सेयर बजारमा मंगलबारको तुलनामा कारोबार रकम भने केही घटेको छ।
आज ३ अर्ब बढीको सेयर कारोबार भयो। मंगलबार २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता सेयर ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँमा कारोबार भएको थियो।
आज बुधबार २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता सेयर ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ रुपैयाँमा खरिदबिक्री भयो।
कारोबारमा आएका १३ वटा समूहमध्ये १२ वटाको सूचक उकालो लागेको छ। फाइनान्स समूहको सूचक सर्वाधिक ४.१३ प्रतिशतले बढ्दा हाइड्रोपावर समूहको २.६ प्रतिशतले बढ्यो। तर ट्रेडिङको ०.५८ प्रतिशतले घटको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो। सो कम्पनीको १७ करोड ९४ लाख बढीको सेयर खरिदबिक्री भयो।
यसदिन २ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो भने ३ कम्पनीको ९ प्रतिशत बढीले मूल्य बढ्यो।
प्रतिक्रिया दिनुहोस्