२३ सय वर्ष पुरानो बौद्धकालीन मुर्ति फेला

७ पौष, इस्लामावाद । पुरातत्वविद्हरुले पाकिस्तानमा २३ सय वर्ष पुरानो बौद्धकालीन मुर्ति फेला पारेका छन्।

पाकिस्तान र इटालीका पुरातत्वविद्हरुले संयुक्त उत्खनन्को क्रममा उत्तरपश्चिमी पाकिस्तानमा करिब २३ सय वर्ष पुरानो बौद्धकालीन मुर्ति फेला पारेका हुन्।

frontline

पुरातत्वविद्हरुले स्वाट जिल्लामा २३ सय वर्ष पुरानो अप्सिदल मन्दिर फेला पारेको अधिकारीहरुले बताएका छन्।

सो मन्दिरसँगै पुरातत्वविद्हरुले २७ सय वर्ष पुराना कलात्मक कलाकृति फेला पारेको समेत अधिकारीहरुले बताएका छन्।

बौद्धकालीन समयमा सो मन्दिर बाजिरा सहरमा बनेको हुन सक्ने अनुमान पुरातत्वविद्हरुले गरेका छन्।

बौद्धकालीन सो मुर्ति पाकिस्तानको सबैभन्दा पुरानो मन्दिरको रुपमा समेत चिनिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here