२२ सय अंक नजिक पुग्यो नेप्से परिसूचक

१५ साउन, काठमाडौं । सेयर बजार ५४ अंक बढीले बढेको छ।

सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.५८ अंकले बढेर २१९५.१० विन्दुमा अडिएको छ। 

frontline

नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ। आज २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४७६ कित्ता सेयर ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ रुपैयाँमा खरिदबिक्री भयो।

सेन्सेटिभ इन्डेक्स पनि ९.७२ अंकले बढेर ४१९.२० विन्दुमा पुगेको छ।

कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक बढ्यो भने १ को घट्यो।

यसदिन इन्भेस्टमेन्ट समूहको सूचक सर्वाधिक ४.७६ प्रतिशतले बढ्यो। यस्तै, नन लाइफ इन्स्योरेन्सको ४.५१ र लाइफ इन्स्योरेन्सको ४.१६ प्रतिशतले सूचक बढ्यो।

ट्रेडिङ समूहको ३.६२ र अदर्शको ३.२६ प्रतिशतले सूचक बढ्‍दा बैंकिङको २.९२, होटल्स एन्ड टुरिजमको २.७ प्रतिशतले सूचक बढ्यो।

१२ समूहको सूचक बढ्दा फाइनान्स समूहको भने १.६ प्रतिशतले सूचक ओरालो लाग्यो।

दोहोरो अंकले बढेको सेयर बजारमा आज  पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो। यस्तै पाँच कम्पनीको ९ प्रतिशत बढिले सूचक बढ्दा तीन कम्पनीको ८ प्रतिशत बढिले मूल्य बढ्यो।

कारोबार रकमका आधारमा यसदिन शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो। सो कम्पनीको २१ करोड बढिको सेयर कारोबार भयो। यस्तै नेपाल दूरसंचार कम्पनी १५ करोड माथिको सेयर कारोबार गरी दोस्रो स्थानमा रह्यो।नेप्से परिसूचक ५४.५८ अंकले बढेर २१९५.१० विन्दुमा अडिएकारोबार रकमका आधारमा यसदिन शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो। सो कम्पनीको २१ करोड बढिको सेयर कारोबार भयो। यस्तै नेपाल दूरसंचार कम्पनी १५ करोड माथिको सेयर कारोबार गरी दोस्रो स्थानमा रह्यो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here