२लाख डोज खोप कुनमिङबाट हिमालय एयरलाइन्सले नि:शुल्क नेपाल ल्याइदिने

काठमाडौं । चीन सरकारले अनुदानमा दिने दस लाख डोज कोरोनाभाइरस विरूद्धको खोपमध्ये २ लाख तिब्बत स्वशासित क्षेत्रको सरकारले दिने भएको छ।

उक्त खोप युनान प्रान्तको राजधानि कुनमिङबाट हिमालय एयरलाइन्सले नि:शुल्क नेपाल ल्याइदिने भएको छ।

frontline

हिमालयले कुनमिङमा गर्ने कार्गो उडानका क्रममा २ लाख डोज खोप ल्याउने छ।

चार उडानबाट कूल  ४१७ वटा बक्स खोप काठमाडौं ल्याइने हिमालयले जानकारी दिएको छ।

एउटा उडानमा हिमालयले १०५ बक्स ल्याउने भएको छ।

पहिलो उडान मंगलबार बिहान साढे ६ बजे काठमाडौंमा अवतरण गरेको थियो।

यसमा पहिलो लट आएको हिमालयले जानकारी दिएको छ।

यो नि:शुल्क ढुवानीबाट सरकारलाई २ करोड रुपैयाँ सहयोग पुगेको हिमालय एयरलाइन्सले जानकारी दिएको छ।

बाँकी ८ लाख डोज खोप नेपाल एयरलाइन्स बेइजिङबाट आजै  आइपुगेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here